साहित्यकार ईश्वरीप्रसाद भुसालका दुई कृति एकसाथ लोकार्पण



काठमाडौं। साहित्यकार ईश्वरीप्रसाद भुसालका दुई कृति एकसाथ लोकार्पण गरिएको छ। आइतबार काठमाडौंमा एक विशेष समारोहबिच मिलाप पब्लिकेशनद्वारा प्रकाशित भुसालका दुई कृति लामो कविता ‘अर्पण’ र गजल सङ्ग्रह ‘कसको आँखा लाग्यो’ लोकार्पण गरिएको हो।

इतिहासविद् प्रा.डा.सुरेन्द्र केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सर्जक डा. डी आर उपाध्याय, काव्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा नेपाल साहित्य पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, कलाकार लय सङ्ग्रौला, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, गीतकार सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटा, वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ कलाकार उत्तम केसी, टेकराज भुसाललगायतले कृतिको लोकार्पण गरे।

मिलापका अध्यक्ष कृष्ण भुसालको स्वागत मन्तव्य, कलाकार सङ्ग्रौलाले गजल सङ्ग्रहको समीक्षा र काव्यकार दाहालले लामो कविता बारे टिप्पणी गरेका थिए। समारोहमा आफ्ना भनाई राख्दै साहित्यकार भुसालले आफूले सबैभन्दा बढी माया गरेको मान्छेलाई गुमाउनु पर्दाको पीडाले अहिले चार वटा कृति प्रकाशनमा आएको र अन्य केही पाण्डुलिपि तयार रहेको बताए। उनका यसअघि ‘विरह पुष्पाञ्जली’ खण्ड काव्य र ‘विरह व्यथा’ कविता सङ्ग्रह प्रकाशित छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu