काठमाडौं। पहिलो पटक नेपालमा बन्न लागेको साइ-फाइ चलचित्र ‘एक्लो’मा सञ्चारकर्मी समेत रहेता अभिनेता द्वय दिनेश डिसी र सुरज सिंह ठकुरी अनुबन्ध भएका छन्।
भाद्र महिनाको दोस्रो साताबाट छायाङ्कनमा जाने तयारीमा रहेको चलचित्रमा अभिनेता प्रदीप खड्का र बेलायती अभिनेता जेमी बेकनको प्रमुख अभिनय रहनेछ। चलचित्रमा जेमीले अन्तरिक्ष यात्री र प्रदीपले हिमालयमा बस्ने रहस्यमय व्यक्तिको भूमिकामा अभिनय गर्दैछन्। यसमा विजय लामा, सुनिल थापा, यवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दिया पुन लगायतको पनि अभिनय रहनेछ।
चलचित्रलाई बेलायतमा बस्ने नेपाली निर्देशक प्रदीप शाहीले निर्देशन गर्दैछन्। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ।