‘चिठ्ठी’लाई पिजी प्रमाणपत्र



काठमाडौं। एरा प्रोडक्सनको प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘चिठ्ठी’लाई केन्द्रीय चलचित्र जाँच पास समितिले पिजी प्रमाणपत्र प्रदान गरेको छ। यो चलचित्र हेर्न १६ वर्ष मुनिका दर्शकले अनिवार्य रूपमा अभिभावकको साथमा हलमा जानुपर्नेछ।

कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको यो चलचित्रलाई सञ्चारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन्। माधव राज खरेलको लेखन र निर्देशन रहेको यस चलचित्रको रिलिज मिति भने तय भएको छैन।

यसमा सञ्जित भण्डारी, खड्गबहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, प्रवण भुसाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपूत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कवीन्द्र त्रिपाठी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रका गीतमा सरोज कोइरालाको सङ्गीत, शिव परियार, बेनिशा पौडेल, वसन्त अर्यालको स्वर तथा डा.कृष्णहरि बराल र कमला जोशीको शब्द रचना रहेको छ। साथै, चलचित्रमा रहेको शिव ताण्डवमा राजेन्द्र बजगाईँले सङ्गीत संयोजन गरेका छन्। जीवन पराजुली एवम् राजन खरेलको छायाङ्कन, किरण दाहालको द्वन्द्व निर्देशन, राजेश कुमारको सम्पादन, समीर मियाँको भिएफएक्स रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu