‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक



काठमाडौं। असार २८ गते रिलिज हुने नेपाली चलचित्र ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ। शनिवार युट्युबमा सार्वजनिक भएको गीतमा चलचित्रका मुख्य कलाकार द्वय दयाहाङ राई र मिरुना मगर पिचर्ड छन्।

गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको सङ्गीत तथा स्वर रहेको छ। यही गीतको रिदममा सिनेमाको पार्श्व सङ्गीत तयार गरिएको बताइएको छ।

यस चलचित्रका निर्देशक अनिल बुढामगर हुन्। निर्माता जनक घर्ती मगर हुन्। मगर समुदायको संस्कार तथा संस्कृतिमा आधारित यो चलचित्र विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित ‘घरज्वाइँ’ प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर दिने निर्माता जनक घर्ती मगरले बताए। 

यस चलचित्रका निर्देशक अनिल बुढा मगर हुन्। कथा निर्देशक बुढामगरले नै लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्। 

पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको यस चलचित्रका छायाकार सुसन प्रजापति हुन्। जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ र मिरुना सँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ।  आरआर फिल्मसले वितरण गर्दैछ। 

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu