हसन राईको गीत ‘मखमली चोली’ सार्वजनिक



काठमाडौं। गायक हसन राईको स्वरमा रहेको नयाँ गीत ‘मखमली चोली’ सार्वजनिक गरिएको छ। काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द रचना र रोशन बान्तवा सूचा राईको सङ्गीत रहेको छ।

भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई रहेका थिए। कार्यक्रममा गीतकार आनन्द अधिकारी, सङ्गीतकार शान्तिराम राई, सङ्गीतकार महेश खड्का, गायक सिताराम पोखरेल, सङ्गीतकार डक्टर किराँत, कलाकार विष्णु रिजाल, गायक रूपकुमार राई लगायतको उपस्थिति रहेको थियो।

समन अधिकारीको निर्देशनमा बनेको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन सौखिन तिमल्सिनाले गरेका हुन्। भिडियोमा कृश गुरुङ र उषा तामाङको अभिनय रहेको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu