चलचित्र ‘माइली’मा करिश्मा



काठमाडौं। बाबु बलामीको निर्देशनमा बन्ने नेपाली चलचित्र ‘माइली’मा अभिनेत्री करिश्मा मानन्धरले अभिनय गर्ने भएकी छन्। उनलाई अनुबन्धित गर्दै पोस्टर समेत सार्वजनिक गरिएको छ।

पोस्टर करिश्मालाई खुसी मुद्रामा देखाइएको छ। करिश्माको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ। यो चलचित्र सत्य घटनामा आधारित हुने बताइएको छ, जसमा महिलाहरूको पीडा देखाइने छ। “दलित महिलाको श्रीमान् नभएपछि समाजले कस्तो दृष्टि लगाउँछ ? उसले छोरी हुर्काउन कति कठिन हुन्छ ? यही समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा यसमा देखाइनेछ,” निर्देशक बलामीले बताए।

नेपाल र दुबई मा समेत छायाङ्कन हुने यो चलचित्र असारको अन्तिमबाट छायाङ्कन गरिने बताइएको छ। यसमा शङ्कर अधिकारी ‘घायल’को गीत रचना र पटकथा र संवाद एवम् राजेन्द्र बजगाईँको सङ्गीत रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu