हङकङमा ‘पुजार सार्की’ लेखक सुवेदी र अभिनेत्री लिम्बु सम्मानित



हङकङको जोर्डनमा नेपाली चलचित्र ‘पुजार सार्की’का लेखक विकास सुवेदी र अभिनेत्री परीक्षा लिम्बु सम्मानित भएका छन्। आफ्नो चलचित्र प्रदर्शनको लागि त्यहाँ पुगेका लेखक र अभिनेत्रीलाई थाम्सुहाङ सेवा समाज हङकङ र किरात याकथुङ चुम्लुङ हङकङले सम्मान गरेका हुन्।

थाम्सुहाङ सेवा समाज हङकङका अध्यक्ष हंस बहादुर थाम्सुहाङ र चुम्लुङ हङकङका अध्यक्ष शमशेर तुम्बाहाम्फेले नेपाल चिनाउने चलचित्रकर्मीलाई सम्मानित गर्न पाउँदा आफूहरू हर्षित भएको बताए। अभिनेत्री परीक्षा लिम्बुले आफ्नो वंश र समुदायबाट यसरी विदेशमा सम्मानित हुन पाउँदा आफू भाव विह्वल भएको बताइन्।

‘पुजार सार्की’को टिमलाई हङकङमा एनबिबि ग्रुपका विरेन थापा, ईश्वर विक्रम शाह र पामाले गौचनले निम्त्याएका थिए। केही दिन अघि चलचित्र प्रदर्शनको लागि अभिनेता द्वय आर्यन सिग्देल र पल शाह तथा लेखक विकास सुवेदी र अभिनेत्री परीक्षा लिम्बु हङकङ पुगेका थिए। आर्यन र पल भने नेपाल फर्किसकेका छन्। हङकङमा ‘पुजार सार्की’को प्रदर्शनले व्यापारिक रेकर्ड कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu