दीपाश्री सहितका अविवाहित कलाकार राख्दै ‘बेहुली फ्रम मेघौली’को गीत ‘बिहे गर्ने की नगर्ने’ सार्वजनिक



काठमाडौं। यही दसैँमा रिलिज हुने नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को प्रचारात्मक गीत ‘बिहे गर्ने की नगर्ने’ सार्वजनिक भएको छ। यो गीतमा दीपाश्री निरौला सहितका अविवाहित कलाकारहरूलाई राख्दै भिडियो तयार गरिएको छ। भिडियोमा चलचित्रको रिलिज मिति असोज १७ गते घटस्थापनाको दिन राखिएको छ।

भिडियोमा दीपाश्री निरौला, प्रदीप खड्का, धिरज मगर, नाजिर हुसेन, साम्राज्ञी आरएल शाह, बेनिशा हमाल र शिल्पा मास्के फिचर्ड छन्। भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू स्वस्तिमा खड्का र निश्चल बस्नेत पनि रहेका छन्।

गीतमा रोहित शाक्यले सङ्गीत निर्माण गरेका छन् भने कुशल पोखरेलले गीत रचना तथा प्रस्तुति दिएका छन्। स्वस्तिमा खड्काको अवधारणामा बनेको प्रचारात्मक गीतको भिडियोका निर्देशक निश्चल बस्नेत हुन्। भिडियोका सिनेमेटोग्राफर केशव पाण्डे र लक्ष्मण पाण्डे हुन्। अङ्कित खान ठकुरीले सम्पादन गरेका छन्।

यो चलचित्रलाई साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन गरेका छन्। यसमा स्वस्तिमा र निश्चलसहित आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको छ। 

स्वस्तिमा र निश्चल दुवै जना यस चलचित्रका निर्माता हुन्। कार्यकारी निर्मातामा शङ्कर पाण्डे र फिरोज खड्का हुन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu