चलचित्र ‘ईश्वर’को गीत ‘तिमी आयौ’ सार्वजनिक



काठमाडौं। आगामी श्रावण ११ गते रिलिज हुने नेपाली चलचित्र ‘ईश्वर’को नयाँ गीत ‘तिमी आयौ’ सार्वजनिक भएको छ। गीतमा कृष्ण काफ्लेको स्वर तथा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको सङ्गीत छ। गीतमा चलचित्रका कलाकार द्वय पृथ्वीराज प्रसाईँ र अनु शाहको अभिनय छ।

राजु गिरी निर्देशित यस चलचित्रमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाईँ, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईँ, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।

दिव्या कङ्गना फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा हरिबहादुर थापाको निर्माण छ। चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद छ। चलचित्रमा लक्ष्मी कुँवर थापा प्रस्तुत कर्ता छिन्।

चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ। चलचित्रमा रामेश्वर हुमागाईको छायाङ्कन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रको वितरण आरआर फिल्मसले गर्दैछ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu