पहिलो पटक युरोपमा कार्यक्रम गर्दै धुर्मुस-सुन्तली



काठमाडौं। चर्चित कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले पहिलो पटक युरोपका विभिन्न देशमा प्रस्तुति दिने भएका छन्। उनीहरूले युरोपका झन्डै दर्जन बढी देशहरूमा रहेका नेपाली दर्शकलाई हँसाउने भएका हुन्। 

उनीहरू कार्यक्रम लिएर अमेरिका लगायतका अन्य देशमा पुगे पनि उनीहरू युरोपका देशमा पुगेका थिएनन्। धुर्मुस सुन्तली साँझ कार्यक्रम अन्तर्गत पहिलो प्रस्तुति जुलाई ८ मा फिनल्यान्डमा गरिने आयोजक संस्था चौतारी इभेन्ट्सले जनाएको छ। यस्तै दोस्रो कार्यक्रम जुलाई १३ मा माल्टामा रहने बताइएको छ। यस्तै अगस्ट ३ मा क्रोएसिया, अगस्ट ५ मा बेल्जियममा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।

साथै, स्पेन, पोल्यान्ड, जर्मनी, अस्ट्रिया, डेनमार्क लगायतका देशहरूमा कार्यक्रममा आयोजना गरिएको जानकारी दिइएको छ। धुर्मुस सुन्तलीको साथमा गायक विष्णु खत्री, तुल्सि सिवाकोटीको पनि प्रस्तुति रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu