क्यानडामा ‘नेपाल फेस्टिभल २०२४’ हुने



काठमाडौं। क्यानडामा ‘नेपाल फेस्टिभल २०२४’ आयोजना हुने भएको छ। यही जुलाई ७ मा लालिगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबको प्रस्तुतिमा त्यहाँको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा एक दिने महोत्सव आयोजना हुने बताइएको छ।

महोत्सवमा नेपाली गीतसङ्गीत, नेपाली भेसभुसा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए। “यो क्यानडामा सबैभन्दा बढी नेपाली बसोबास गर्ने सहर हो। त्यसैले यहाँ नेपाली कला र संस्कृतिसँग जोडिएको गतिविधि गर्नुपर्छ भन्ने लगेर हामीले एक दिने महोत्सवको आयोजना गर्दैछौँ। यसले क्यानडामा रहनुहुने नेपालीलाई नेपालको याद थोरै भए पनि मेट्न सहयोग गर्छ भन्ने लागेको छ। महोत्सवमा आइपुग्नेले नेपालमै पुगेको महसुस गर्नु हुनेछ,” भण्डारीले बताए।

निःशुल्क प्रवेश रहेको महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकी र नृत्य प्रस्तुत हुनुका साथै गायक हिमाल सागरसँगै स्थानीय कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्यान्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिनेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu