काठमाडौं। नेपाल चलचित्र कलाकार सङ्घ र बालाजुस्थित सिल्भरलाईन अस्पताल बिच कलाकारहरूको स्वास्थ्य जाँच तथा अस्पताल सुविधामा छुट दिने सम्झौता भएको छ। नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, सङ्घका महासचिव सविन श्रेष्ठ र गैर नाफामूलक सिल्भरलाईन अस्पतालका प्रबन्धक डा.अभिषेक राज सिंह बिच बुधवार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार कलाकार सङ्घका सदस्यहरूले परिचय पत्रको आधारमा छुट पाउनेछन्। साथै, कलाकार सङ्घका सदस्यहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान हुनेछ।
सङ्घका अध्यक्ष मोहन निरौलाले सङ्घले पहिले देखि विभिन्न अस्पतालबाट छुटमा सेवा सुविधा लिँदै आएको भएता पनि पहिलो पटक सिल्भरलाईनसँग औपचारिक सम्झौता भएको बताए।