काठमाडौं। नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘वर एण्ड वधु’ आगामी भदौ १४ गते रिलिज हुने भएको छ।
मिलन चाम्सको निर्देशन बनेको यस चलचित्रमा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ। यो चलचित्रमा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, सृष्टि खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रवीन्द्र खड्का, अंशु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ।
एलआरके प्रोडक्शनको ब्यानरमा बनेको यस चलचित्रमा जानुका थापा निर्माता र अमित रिजाल कार्यकारी निर्माता हुन् । सुदिप बरालको छायाङ्कन, हिमाल केसीको एक्सन निर्देशन रहेको छ। यसको छायाङ्कन नेपाल र रोमानियामा गरिएको हो।