श्रावण २५ मा ‘नम्बरी सुन’ रिलिज हुने



काठमाडौं। नेपाली चलचित्र ‘नम्बरी सुन’को प्रदर्शन मिति हेरफेर भएको छ । भदौ १ गते रिलिज गर्ने भनिएको यो चलचित्र अब आगामी श्रावण २५ गते रिलिज हुने भएको छ ।

राजु गिरिले निर्देशन गरेको यो चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।

पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन् ।सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता सरोज खाती, सविन खाती र मनोज रिजालले हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu