निता ढुङ्गानाका पिता बन्दै ‘गजनी’का भिलियन, ‘पुष्पा’का भिलियन पनि नेपाली चलचित्रमा



काठमाडौं। चन्द्र पन्तको निर्देशनमा बनिरहेको नेपाली चलचित्र’ह्रस्व दीर्घ’को अहिले काठमाडौंमा चौथो चरणको छायाङ्कन भइरहेको छ । चार दिनको अन्तिम तालिकाको लागि भारतका प्रसिद्ध कलाकारहरू पनि यही चलचित्रको छायाङ्कनको लागि अहिले काठमाडौंमा छन्।

सोमबार बिहानबाट ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायाङ्कन सुरु गरिएको हो। सोमबार साँझ नै पत्रकार भेटघाट गरी भारतीय कलाकारहरूले नेपाली चलचित्रमा काम गर्दाको अनुभव साटेका थिए। आमिर खानको चलचित्र ‘गजनी’का खल पात्र प्रदीप रावतले आफूले यो चलचित्रमा अभिनेत्री निता ढुङ्गानाको पिताको भूमिकामा अभिनय गरिरहेको खुलासा गरे। उनले यसअघि भोजपुरी चलचित्र ‘माही’मा पनि नितासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै निता राम्रो कलाकार रहेको अनुभव सुनाए ।

यस्तै, दक्षिण भारतीय चलचित्र ‘पुष्पा’का खल पात्र सुनिल वर्माले पनि नेपाली चलचित्र अभिनय गर्न पाउँदा खुसी लागेको बताए । स्क्रिप्ट अनुसार चलचित्र पनि उत्कृष्ट बन्ने विश्वास रहेको भन्दै यो चलचित्रले नेपाली चलचित्रलाई भारतीय चलचित्र उद्योगसँग जोड्न पुलको काम गर्ने बताए ।

यो चलचित्रमा दक्षिण भारतका प्रसिद्ध हास्य कलाकारहरू ब्रह्मानन्दम र अलिको पनि अभिनय रहेको छ । उनको छायाङ्कन भने मुम्बईमा नै भइसकेको छ । निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । यसमा निता ढुङ्गाना, हरिहर अधिकारी, प्रदीप रावत, सुनिल वर्मा, ब्रह्मानन्दम, अलि, कबिर सिंह दुहान, सञ्चिता लुइँटेल, बिपना थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालले खिचेका हुन् । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने यो चलचित्र नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu