‘सतीदेवी’को रिलिज सर्‍यो, ‘बुलाकी’ पुनः रिलिज हुँदै



सऱ्यो सतीदेवी
श्रावण ४ गते रिलिज हुने भनिएको नेपाली चलचित्र ‘सतीदेवी’को रिलिज सरेको छ। अब यो चलचित्र आगामी भदौ ७ गते रिलिज हुने बताइएको छ।

सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरिएको हो। प्राविधिक कारणले प्रदर्शन मिति हेरफेर गरिएको विज्ञप्तिमा जनाइएको छ। लक्ष्मण सुवेदीले निर्देशन गरेको यस चलचित्रमा मलिका महत, हर्षिका वली, मन्जिला बाँनियाँ, सृजना अधिकारी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, भोलाराज सापकोटा, सन्देश लिम्बू आदिको अभिनय रहेको छ। 

बुलाकी पुनः प्रदर्शनमा आउने
गत वर्ष वैशाख १ गते रिलिज भएको नेपाली चलचित्र ‘बुलाकी’ पुनः रिलिज गरिने भएको छ। आगामी साउन ३२ गते पुनः रिलिज तय गरेको निर्माता तथा अभिनेता बिराज विष्टले बताएका छन्।

पहिलो रिलिजमा यो चलचित्र ‘जारी’ र ‘बिहे पास’सँग एकसाथ रिलिज भएको थियो। सो समयमा पर्याप्त शो नपाएको भन्दै दुई दिनमै हलबाट उतारिएको थियो। निर्माता विष्टले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त हुँदा समेत हल व्यवसायीहरूले अपहेलन गरेको भन्दै दर्शकहरूको मागअनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोक-चौतारामा चलचित्र देखाउने बताउँदै हलबाट उतारेका थिए।

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, सोनु सेढाइ, प्रकाश कँडेल, सरस्वती खत्री लगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu