गायक कृष्ण समीपले ल्याए ‘बैँसालु फूल’



काठमाडौं। गायक तथा सङ्गीतकार कृष्ण समीप सुवेदीले आफ्नो नयाँ गीत ‘बैँसालु फूल’ सार्वजनिक गरेका छन्। लोक, लोकदोहोरी, लोक आधुनिक, लोक पप र मौलिक सांस्कृतिक भाकामा विशेष लगाव राख्ने सुवेदीकै शब्द र सङ्गीत सृजनामा तयार भएको यस गीतमा गायक समीपलाई गायिका दीपिका पौडेलले साथ स्वरमा साथ दिएकी छन्।

यसको भिडियोमा मोडल तथा नायिका रजनी गुरुङ, कृष्ण समीप सुवेदी, पौडेल तथा बाल कलाकार सिम्रन खरेलको अभिनय रहेको छ। मुकेश नेपालीको निर्देशन रहेको छ।

गायक कृष्ण समीप सुवेदीले झन्डै ४०० गीतमा स्वर दिएका छन्। उनी रेडियो कार्यक्रम प्रस्तोतासमेत हुन। इमेज एफएममा उनले सञ्चालन गर्ने कार्यक्रम उकाली ओराली, इनसाइड स्टोरी र लोकपप लोकप्रिय छन्। उनका सिरसिर बतास,चलन माया चल, सलल काली गङ्गा ,मेरा आँखामा, कोरियाको चक्कर, माझी दाइको जिन्दगी, कति राम्रो बिहानीको घाम, मनको तिर्खा मेट्न, घाम पानी घमाइलो, जोर बत्ती पालैमा, सिरुपाते खुकुरी, हेर ऐनामा, सिमली छायाले, मेरो कल्पनामा आउने मान्छे तिमी, भागिहाल्यौ अझै भाग, तिम्रो बाटो मेरो बाटो, सुख दुःख, सम्झेर आँसु नझार प्यारी, ओ माया बोलन, ए भन्दे बतास, देउराली (एल्बम) तरकारी काउली, पोखरा जाने घुम्ती छ बाटो, पहिलो चोटि आँखा जुध्दा, सिङ्गापुरे सोल्टीको माया लगायत गीतहरू चर्चित छन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu