नयाँ स्वरूपमा आयो हिमालको ‘न मैले लेखेँ, न उनले लेखिन्’



काठमाडौं। गायक हिमाल सागरको स्वर र सङ्गीतमा २०६० सालमा रिलिज भएको सुपर हिट गीत ‘न मैले लेखेँ, न उनले लेखिन्’ को नयाँ भर्सन सार्वजनिक भएको छ। शनिवार काठमाडौंको जमलस्थित विश्वज्योति सिनेप्लेक्समा आयोजित एक कार्यक्रमबिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतमा मानस केसीको शब्द रहेको छ भने स्वर र सङ्गीत हिमालको रहेको छ।

“कन्सर्टमा म देश होस् वा विदेश सबै भन्दा बढी गीत यही गाएको छु। यो गीतलाई अहिलेको मर्म र भाव अनुसार तयार गरेको छु। पहिलाको भन्दा मेलोडी फास्ट छ। कोरस गायन थपिएको छ। एरेञ्जमा फरक गरेका छौँ। यो अहिलेको प्रविधियुक्त आधुनिक शैलीमा तयार गरिए पनि मिठास भने उही नै छ,” गायक हिमालले बताए।

गायक हिमाल सागरका‘मेरो माया मारेपछि’,‘तिमीले माया नगरे’,‘मेरो मनमा आगो लाउने को’,‘तीन ढिके फुली लाएर आइछौ’,‘कल्लाई थाहा छौँ’ लगायत दर्जनौँ गीतहरू हिट छन्।

यस गीतको भिडियोमा गायक हिमालले अभिनेत्री केकी अधिकारीसँग अभिनय गरेका छन्। निकेश खड्काको निर्देशन, धीरजजङ्ग शाहको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu