टेक तामाङको शब्दमा प्रह्लाद तिमिल्सिनाको गीत ‘एउटा जून’ सार्वजनिक



काठमाडौं। नेपाली चलचित्रको पार्श्व गायनमा अब्बल गायक प्रह्लाद तिमिल्सिनाले नयाँ गीत ‘एउटा जून’ दर्शक तथा श्रोतामाझ ल्याएका छन्।

सुगम सङ्गीतमा आधारित गीतलाई आलोक श्रीले सङ्गीत गरेका छन्। यसमा वरिष्ठ गीतकार टेक तामाङका मर्मस्पर्शी शब्दहरू रहेका छन्। नरेन्द्र वियोगीको सङ्गीत संयोजन गरेका छन्।

सुव्रत आचार्यद्वारा निर्देशित यो गीतको भिडियो गायक तिमिल्सिनाकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। भिडियोमा जया शर्मा क्रिएटिभ डाइरेक्टरको रूपमा रहेकी छिन्, जसमा ऋचा थापा र प्रताप पल ठकुरीको अभिनय रहेको छ।

यसमा उत्सव दाहालको छायाङ्कन, विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन रहेको छ। दीपेन्द्र गौतम प्रोडक्सन डिजाइनर हुन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu