‘घरज्वाइँ’ ट्रेलर: घरज्वाइँ र ससुराको खटपटले पति पत्नीको सम्बन्धमा दरार



काठमाडौं। यही असार २८ गते रिलिज हुने नेपाली चलचित्र ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एक युवाले बिहेको लागि गर्ने सङ्घर्षको वरिपरिको कथामा बनेको यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको प्रेम, विवाहको लागि आर्थिक अवस्था र सोही कारण घरज्वाइँ बस्नुपर्ने बाध्यता र ससुरासँगको खटपटले पति पत्नीमा आएको समस्या ट्रेलरले देखाएको छ। मगर समुदायको संस्कार तथा संस्कृतिमा आधारित यो चलचित्र विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित ‘घरज्वाइँ’ प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर दिने निर्माता जनक घर्ती मगरले बताए। 

यस चलचित्रका निर्देशक अनिल बुढा मगर हुन्। जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ र मिरुना सँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको यस चलचित्रका छायाकार सुसन प्रजापति हुन्। 

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu