देशैभरी आयो ‘दमदार’, साथमा ‘रेड मनसुन’ र ‘अकाल’



damdar-release
चलचित्र हलमा टाँगिएको पोस्टरको साथमा निर्माता सुमन बिष्ट

[dropcap]रे[/dropcap]खा थापाको एक्शनले भरिपूर्ण चलचित्र ‘दमदार’ रिलिज भएको छ । सरकारी सेवामा रहँदा जबरजस्ती बर्दी खोसिएपछि बर्दी बिहिन तर सँधै जनताको सिपाहीको भुमिकामा रहेकी थापा लगाएत सबिन श्रेष्ठ, कमलकृष्ण र बासु पुडासैनीको मुख्य अभिनय रहेको यस चलचित्रको छायंकन काठमाण्डौ, झापा र भारतको सिलगुडीमा भएको हो ।

‘दमदार’ ले नेपाल प्रहरी भित्र घटिने घटनालाई समेटेको बताइएको छ । यस चलचित्रमा चन्द्र पन्तको द्धन्दनिर्देशन,नवराज शर्माको लेखन, सौरभ लामाको छायाँकन, कमलकृष्णको संगीत तथा श्रीराम महतको सम्पादन रहेको छ । पछिल्लो समय मोडलिङवाट चलचित्रमा छाउन थालेकी ‘हट आइटम डान्सर’ अर्चना देलालको यस चलचित्रमा एक आइटम डान्स समेत रहेको छ ।

त्यस्तै, अन्य दुई चलचित्र पनि रिलिज भएका छन् । ‘रेड मनसुन’ देशैभर आएको छ भने ‘अकाल’ राजधानीमा आएको छ । निर शाह निर्देशित ‘अकाल’ मोफसलमा पहिले नै प्रदर्शनमा आएको थियो । यसअघि ‘मेरो बेष्ट फ्रेण्ड’ पनि यसै साता रिलिजको तयारीमा थियो तर हल व्यबस्थापनमा कठिनाई भएको भन्दै दुई साता पर धकेलिए पछि दमदारलाई फाइदा भएको छ । दमदारका कार्यकारी निर्माता चन्द्र गौतम हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu