स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्तिलाई लिएर कलाकार सङ्घको चेतावनी



काठमाडौं। नेपाल चलचित्र कलाकार सङ्घले नायिकाहरू स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘इट्स माइ शो’मा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।

सङ्घले अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै सो कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्ति अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण रहेको जनाएको छ। “उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेसा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ। एउटा सार्वजनिक कार्यक्रम मार्फत अरूको अपहेलन गर्नु, मानमर्दन गर्नु न्यायसङ्गत ठहर्दैन र हुँदैन पनि,” विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरूको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई उक्त अभिव्यक्तिले लत्त्याएको बताइएको छ।

सो कार्यक्रममा प्रसारित सामग्रीका विषयमा अनमोल केसी, जसिता गुरुङ र पूर्व मिस नेपाल अश्मि श्रेष्ठले आपत्ति जनाएका छन्। कार्यक्रममा अन्य कलाकारको व्यक्तिगत विषय उठाइएको भन्दै सञ्चालिका ओसिन सिटौला, अतिथिहरू स्वस्तिमा र साम्राज्ञी व्यापक आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu