चलचित्र ‘यो मन त मेरो नेपाली हो’को छायाङ्कन सम्पन्न



काठमाडौं। चलचित्र ‘यो मन त मेरो नेपाली हो’को छायाङ्कन सकिएको छ। यसको ‘आँखै रसिलो’ बोलको गीतको छायाङ्कन गरेसँगै प्याक अप गरिएको हो। भोइस अफ नेपालको स्टुडियो र बालाजु चलचित्र छायाङ्कन स्टुडियोमा गीतको छायाङ्कन भएको हो।

यस गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ भने अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर रहेको छ। यसमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। गीतमा चलचित्रका मुख्य कलाकार रोशन श्रेष्ठ  र आयुषा समालसँगै मेरो डान्स युनिभर्सकी विजेता खुसी कार्की, नारायण प्रधान, डि आइडीका टप टेन डान्सर नरेश वीर सिंहले नृत्य गरेका छन्।

यो चलचित्रको अमेरिकामा तथा नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ पश्चिम बङ्गाल लगायतका ठाउँमा छायाङ्कन गरिएको छ। चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय रहेको छ। यसमा भारत, मलेसिया, पोल्यान्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिका लगायतका देशका कलाकारहरूको समेत अभिनय रहेको छ।

अमेरिकामा बसोबास गर्ने साहित्यकार मित्र प्रधान (नर)को निर्देशन रहेको यस चलचित्रका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu