‘मिस ग्राण्ड नेपाल–२०२४’ को औपचारिक घोषणा, भदौ ११ गते ग्राण्ड फिनाले



काठमाडौं। सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल–२०२४’ आयोजना गर्ने घोषणा गरिएको छ। आयोजक संस्था उमङ्ग क्रिएशनले हालै आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी भदौ ११ गते आयोजना हुने प्रतियोगिताका लागि आवेदन फाराम खुला गरेको जनाएको छ।

क्रिएसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले ‘मिस ग्राण्ड नेपाल –२०२४’ का बारेमा जानकारी दिँदै विजेतालाई ‘मिस ग्राण्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गराउँदै विदेश पठाइने बताए। यो प्रतियोगिताका विजेताले नेपालको सबैभन्दा महँगो ताज पहिरिने बताउँदै अधिकारीले भने, “प्रतियोगितामा सहभागिता जनाउनको लागि १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाहरूले आवेदन दिन सक्ने छन्।” यही असार ३१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ।

आयोजक संस्थाले ‘मिस ग्राण्ड इन्टरनेशनलको फ्रेन्चाइज सन् २०२३ देखि लिएको थियो। यो प्रतियोगितामा सहभागिता जनाउनका उमङ्ग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम गर्न सकिने छ। प्रशान्त ताम्राकार मिस ग्राण्ड नेपाल २०२४ को आधिकारिक कोरियोग्राफर, पेजेन्ट तथा शो डाइरेक्टरको रूपमा रहेका छन्।

मिस ग्राण्ड नेपाल २०२४ को ग्राण्ड फिनाले आगामी अगामी अगस्ट २४ (भदौ ११ गते) हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu