नेपाली चलचित्र छायाङ्कनमा पनि भ्यानिटी भ्यानको प्रयोग, एक्टरको छायाङ्कनमा प्रदीपलाई दिइयो



काठमाडौं। नेपाली चलचित्रको निर्माण तुलनात्मक रूपमा निकै कम बजेटमा हुने गर्छ। छायाङ्कनको दौरान आवश्यक पर्ने आधारभूत कुराहरू पनि पाउन मुस्किल हुन्छ। यसैबिच अभिनेता प्रदीप खड्काले भने नेपालमा प्रचलनमा नै नरहेको ‘भ्यानिटी भ्यान’को प्रयोग गरेका छन्।

खड्काले हाल छायाङ्कनरत चलचित्र ‘एक्टर’मा यसको प्रयोग गरेका हुन्। छायाङ्कनमा आवश्यक हुने यो भ्यानमा भ्यानमा सामान्यतया आरामदायी बस्ने ठाउँ, मेकअप स्टेसन, राम्रो प्रकाश भएको ऐना, शौचालय, स्टोर र सानो भान्सा कोठा समेत हुने गर्दछ। नेपालमा प्रयोगमा नदेखिने भएता पनि विदेशी चलचित्र उद्योगमा भने यसको व्यापक प्रयोग हुने गरेको छ। यसको प्रयोगले कलाकारहरूलाई पहिरन परिवर्तन, मेकअप, भान्सा र शौचको लागि सहज हुन्छ। प्रदीपको लागि ल्याइएको भ्यान नेपालमा नै एसेम्बल गरिएको ‘एक्टर’का निर्माता थमन कुमार भण्डारीले बताए।

पोखराको तालिका सकाएर हाल काठमाडौंमा यो चलचित्रको छायाङ्कन भइरहेको छ। यस चलचित्रमा प्रदीपको साथमा राजबल्लभ कोइराला, दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन्। हाल अमेरिका बस्दै आएका कोइराला यही चलचित्रको लागि काठमाडौं आइ आफ्नो छायाङ्कन सकेर फर्किसकेका छन्।

आगामी कार्तिक १५ गते तिहारको लक्ष्मीपूजाको दिन रिलिज हुने यो चलचित्रलाई राजन भुसालले निर्देशन गरिरहेका छन् भने नरेन्द्र मैनालीले छायाङ्कन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu