‘खुस्मा’का दुई पोस्टर सार्वजनिक



काठमाडौं। आगामी असोज ३ गते रिलिज हुने नेपाली चलचित्र ‘खुस्मा’का दुई पोस्टर सार्वजनिक भएका छन्। अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रका दुई मध्ये एक पोस्टरमा प्रमुख कलाकार धिरज मगर तथा उपासना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ भने दोस्रो पोस्टरमा उपासनालाई मात्र देख्न सकिन्छ। सो पोस्टरमा उनलाई चिन्तित मुद्रामा राखिएको छ।

चलचित्रले मगर समुदायको पृष्ठभूमिमा प्रेमकथा पेस गर्ने निर्देशक थापामगरको भनाइ छ। उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरे पनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय चलचित्र हो । यो चलचित्र एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो।

यसमा धिरज र उपासनाका अलावा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर,राज थापा काउचा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय रहेको छ। निर्माता विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर तथा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

यसमा दिपक बज्राचार्यको छायाङ्कन रहेको छ । एसडी योगी र छान्जु पार्क (कोरियन) को सङ्गीत सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu