सेन्सर वोर्ड र विकास बोर्डमा चलचित्रकर्मी नियुक्त



censer-board

[dropcap][/dropcap]रकारले सेन्सर वोर्ड र चलचित्र विकास बोर्डमा कांग्रेस निकट चलचित्रकर्मी नियुक्त गरेको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)मा चलचित्र निर्माता संघका प्रवक्ता सुरेश दर्पण पोखरेल र नायिका मेलिना मानन्धर नियुक्त भएका हुन् । त्यस्तै चलचित्र विकास बोर्डमा रिक्त तीन पदमा अभिनेत्री रुपा राणा र काङ्ग्रेस निकटका फिल्म निर्माता राजेन्द्र केसी नियुक्त भएका छन् । एक पद अझै रिक्त छ ।

पत्रकारिता, निर्देशन, निर्माण हुँदै वितरण सम्मको अनुभव बोकेका पोखरेलले सेन्सर बोर्डमा चलचित्रकर्मी नै हुनुपर्ने लामो समयदेखीको चलचित्रकर्मीको मागको आज आएर सम्बोधन भएको बताएका छन् । ‘ज्ञान र विवेकको सदुपयोग गरी चलचित्र क्षेत्रको हितका लागि दत्त चित्त भएर लग्नेछु’ पोखरेलले प्रतिक्रिया दिएका  छन् ।

FDB

चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैतालाई हटाएर निर्माता संघका अध्यक्ष राजकुमार राईलाई ल्याउने हल्ला चलेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu