प्रतीक्षित भारतीय चलचित्र ‘कल्की’ नेपालमा रिलिज हुने, आरआर फिल्मसले ल्यायो नेपाल



काठमाडौं। आगामी साता रिलिज हुन लागेको भारतीय चलचित्र ‘कल्की’ नेपालमा रिलिज हुने भएको छ। यो चलचित्रलाई आरआर फिल्मसले नेपालमा रिलिज गर्न लागेको हो। यो चलचित्र नेपाल भित्राएसँगै नेपाली चलचित्र मात्र रिलिज गर्दै आएको आरआर फिल्मसले विदेशी चलचित्रको वितरणमा पनि हात हालेको हो।

‘कल्की’ नेपाल ल्याएको आरआर फिल्मसले अन्य ठुला भारतीय चलचित्र पनि नेपाल ल्याउन अन्य कम्पनीसँग समेत साझेदारी गरिरहेको समेत बुझिएको छ। ‘कल्की’ नेपाल ल्याउन अन्य पुराना वितरण कम्पनीहरूले पनि कोसिस गरिरहेका थिए, तर विदेशी चलचित्रको लागि नयाँ कम्पनीले यो चलचित्र हात पारेको हो।

आरआर फिल्मसका रोहित कट्टेलले अब नियमित रूपमा भारतीय फिल्म वितरण गर्ने योजनामा रहेको बताए। यो कम्पनीले नेपालभर गत जेठ १० गते रिलिज गरेको नेपाली चलचित्र ‘पूजार सार्की’ले ब्लकबस्टर व्यापार गरेको छ।

६०० करोडको बजेटमा बनेको जनाइएको ‘कल्की’मा अमिताभ बच्चन, प्रभास, दीपिका पादुकोण, कमल हसन, ब्रम्हानन्दम, दिशा पटानी जस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ। यसलाई नाग अश्विन रेड्डीले निर्देशन गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu