‘सतीदेवी’को मर्मस्पर्शी गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक



काठमाडौं। आगामी साउन ४ गते रिलिज हुने नेपाली चलचित्र ‘सतीदेवी’को मर्मस्पर्शी गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा चलचित्रकी अभिनेत्री मलिका महतको पीडा र वेदना बोलेको छ।

गीतमार्फत फिल्ममा उनले बाँचेको जीवनलाई बुझाउन खोजिएको छ। उनले आफ्नो भाग्यलाई खोटो सिक्कासँग दाँजेकी छन्। गीतको अन्त्यतिर उनलाई कालोमोसो र जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको दृश्यले चलचित्रको कथामा रहेको मर्मलाई देखाउँछ।

यस गीतमा यस चलचित्रका निर्देशक समेत रहेका लक्ष्मण सुवेदीको शब्द रचना, सुभाष भुसालको सङ्गीत र ममता गुरुङको स्वर रहेको छ। निर्देशक सुवेदी स्वयंको लेखन रहेको चलचित्रमा मलिकासहित रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, हर्षिका वली, मञ्जिला बानियाँ, कुलदीप अधिकारी, भोला सापकोटा, सुजिता सिवाकोटी, मनिषा सापकोटा, सन्देश लिम्बू आदिले अभिनय गरेका छन्।

विशाल सुवेदी र श्रीदेवी सुवेदी निर्माता रहेको चलचित्रले वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu