‘घरज्वाइँ’को गीत ‘बिन्जुरी’ सार्वजनिक



काठमाडौँ। दयाहाङ राई र मिरुना मगर अभिनीत चलचित्र ‘घरज्वाइँ’को गीत ‘बिन्जुरी’ सार्वजनिक गरिएको छ। गीतमा एसडी योगीको स्वर तथा सङ्गीत र राम अविरल बिस्टको शब्द रहेको छ। 

गीतको भिडियोमा दया र मिरुना बिचको प्रेम अङ्कुरणलाई देखाइएको छ। बिन्जुरीको अर्थ फूल हो। गीतमा मिरुनालाई ‘बिन्जुरी’का रूपमा सम्बोधन गरिएको छ।

असार २८ गते रिलिज हुने यस चलचित्रका निर्देशक अनिल बुढामगर हुन्। निर्माता जनक घर्ती मगर हुन्। कथा निर्देशक बुढामगरले नै लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्। 

सुसन प्रजापतिले छायाङ्कन गरेको यस चलचित्रमा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ। आरआर फिल्मसले वितरण गर्दैछ। 

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu