आज विश्व सङ्गीत दिवस: सङ्गीतको उत्सव र एकताको दिवस



काठमाडौं। प्रत्येक वर्ष जुन २१ मा मनाइने विश्व सङ्गीत दिवस आज संसारभरि उल्लासमय वातावरणमा मनाइँदै छ। सन् १९८२ मा फ्रान्समा आरम्भ भएको यो दिवस अहिले विश्वभरि सङ्गीत प्रेमीहरूद्वारा मनाइन्छ, जसले सङ्गीतलाई जीवनको अभिन्न अङ्ग बनाउन सहयोग पुर्‍याएको छ।

विश्व सङ्गीत दिवसको मूल उद्देश्य सङ्गीतको महत्त्वलाई प्रचार गर्नु र गीत सङ्गीतमा जीवन बिताइरहेका प्रतिभाहरूलाई प्रोत्साहित गर्नु हो। यस अवसरमा संसारभर विभिन्न किसिमका साङ्गीतिक कार्यक्रमहरू, निःशुल्क कन्सर्ट, सङ्गीत कार्यशाला, र सङ्गीत प्रतियोगिताहरू आयोजना गरिन्छन्। विश्वभरिका सहरहरूमा सार्वजनिक स्थानहरूमा कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउँछन्, जसले सबै उमेरका मानिसहरूलाई सङ्गीतको माध्यमबाट एकताबद्ध गर्छ।

नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाइने गरिएको छ। नेपालका सङ्गीत सम्बद्ध विभिन्न सङ्घ संस्थाहरूले शुक्रवार विभिन्न कार्यक्रमहरू आयोजना गरेका छन्।

विश्व सङ्गीत दिवसले सङ्गीतको महत्त्वलाई व्यापक बनाएको छ र विभिन्न संस्कृति र पृष्ठभूमिका मानिसहरूलाई एकसाथ ल्याएको छ। सङ्गीतलाई सम्मान दिनु र यसको माध्यमबाट समाजमा सद्भावना फैलाउनु दिवसको प्रमुख उद्देश्य हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu