काठमाडौं। अभिनेत्री पुजा शर्मालाई पहिलो पटक एक्सन भूमिकामा हेर्न पाइने नेपाली चलचित्र ‘दान्भी’ रिलिज भएको छ। नेपालभर उल्लेख्य शो सहित यो चलचित्र रिलिज भएको हो।
रूपेश तामाङको निर्देशनमा बनेको चलचित्रमा अभिनेत्री पूजा शर्मा, कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायतका कलाकारहरूको अभिनय छ। पुजाले यसमा एक्सन भूमिका निभाएकी छन्।
पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता हुन्। कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता हुन्। यसमा सन्जोग राणाको पटकथा तथा संवाद, हरिप्रसाद घलेको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज कोरियोग्राफी रहेको छ।