‘राधा’ फेम्ड सुवर्ण र सङ्गीतकार शम्भूजितको ‘टासिदेलेक’मा आशीर्वाद



काठमाडौं। निर्देशक विकासराज आचार्यको चलचित्र शृङ्खला ‘नाइँ नभन्नू ल’ जीवन लुइँटेलदेखि पल शाहसम्मलाई स्टार बनाउने शृङ्खला रूपमा हेरिन्छ। यसको छैटौँ शृङ्खलाबाट आशीर्वाद क्षेत्री गरे। पाँचौँ शृङ्खलासम्म गजबले चलेको चलचित्र छैटौँमा भने चल्न सकेन।

लुक्स, नृत्य र एक्सनको तारिफ त भयो तर आशीर्वादले आशातीत सफलता प्राप्त गरेनन्। उनलाई सम्भावना बोकेको अभिनेताको रूपमा हेरिन्छ तर, उनले निर्माताहरूलाई ठुलो रकम र स्क्रिप्टमा विभिन्न डिमान्ड राखेर अभिनय गर्न अस्वीकार गर्ने गरेको आरोप लागेको छ। यसैबिच उनले नयाँ चलचित्रमा काम गर्ने भएका छन्।

उनले ‘राधा’ फेम्ड निर्देशक सुवर्ण थापाको चलचित्र ‘टासिदेलेक’मा प्रमुख भूमिकामा अभिनय गर्दै छन्। अहिले काठमाडौंमा यो चलचित्रको लागि ट्रेलर खिच्ने काम भइरहेको छ। आगामी भदौदेखि सगरमाथा क्षेत्रमा छायाङ्कन गरिने यसमा आशीर्वादसँगै हिमाल आरोही तथा डान्सर छिरिङ शेर्पाको पनि मुख्य भूमिका रहनेछ।

यो चलचित्रले सगरमाथा आरोहीको कथा भन्नेछ। बौद्ध धर्ममा ‘टासिदेलेक’को अर्थ अभिवादन, बधाई वा शुभकामना भन्ने हुन्छ। यसका निर्माता सङ्गीतकार तथा गायक शम्भूजित बास्कोटा हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu