‘दान्भी’को बुकिङ खुल्ला, हालसम्म कति शो पायो ?



काठमाडौं। यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘दान्भी’को बुधवार देखि नै केही हलहरूमा अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। बिहीबार बिहान सम्म यो चलचित्रले करिब ९० शो सङ्ख्या प्राप्त गरेको विवरण प्राप्त भएको छ।

हालसम्म यसलाई क्युएफएक्सनले पहिलो दिनका लागि काठमाडौंमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ। आईएनआई १२, वान सिनेमाज ७, एफक्युब, बिएसआर,बिग मुभिज, रञ्जना सिनेमा लगायतका मल्टिप्लेक्स हलले पनि शो खुलाएका छन्। उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौँडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौलीलगायतका प्रमुख सहरसहित ५५ वटा हलमा यो फिल्म रिलिज हुँदैछ।

अझै केही चलचित्र हलहरूले शो खुलाउन बाँकी नै रहेको र बिहीबार साँझसम्म सबै शो हरू प्राप्त हुने वितरक करण श्रेष्ठले बताए।

रूपेश तामाङको निर्देशनमा बनेको चलचित्रमा अभिनेत्री पूजा शर्मा, कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायतका कलाकारहरूको अभिनय छ। पुजाले यसमा एक्सन भूमिका निभाएकी छन्।

पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता हुन्। कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता हुन्। यसमा सन्जोग राणाको पटकथा तथा संवाद, हरिप्रसाद घलेको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu