पोल्यान्डको ‘मिस सुप्रानेसनल’मा नेपालको प्रतिनिधित्व गर्दै सजिना



काठमाडौं। ‘मिस सुप्रानेसनल नेपाल २०२४’ की विजेता सजिना खनाल नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड उडेकी छिन्। पोल्यान्डमा १८ जुनबाट आयोजना हुने ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी आइतबार त्यसतर्फ प्रस्थान गरेकी हुन्।

आइतबार बिहान सजिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेको मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले जानकारी दिए। उनले सजिनाले मिस सुप्रानेसनलमा नेपालका लागि उल्लेख्य नतिजा ल्याउन विश्वास सम्भावना बलियो रहेको विश्वाससमेत व्यक्त गरे।

सजिनाले आफ्नो देश नेपाललाई मिस सुप्रानेसनलमा प्रतिनिधित्व गर्ने अविश्वसनीय यात्रा सुरु भएको फेसबुकमा उल्लेख गरेकी छिन्। ‘मिस सुप्रानेसनल’ को फिनाले आगामी ६ जुलाईमा हुँदै छ। ‘मिस सुप्रानेसनल’ को १५ औँ संस्करणमा ७३ देशका प्रतिस्पर्धी सहभागी हुँदै छन्।

सर्लाहीकी सजिनाले गत चैत २२ गते मिस सुप्रानेसनल नेपाल २०२४ को ताज पहिरिएकी थिइन्। यसअघि सजिनाले श्रीलङ्कामा भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’ को सह विधा मिस एलिगेन्सको उपाधि जितेकी छिन्। आगामी ४ जुलाईमा पोल्यान्डमै मिस्टर सुप्रानेशनलको अन्तिम पनि आयोजना हुँदै छ। जसमा सहभागी हुनको लागि मिस्टर सुप्रानेसनल नेपाल धिरजकाजी बस्नेत पनि यसै साता पोल्यान्ड जाँदै छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu