‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना गर्दै निर्देशक समाज



काठमाडौं। चलचित्र निर्देशक समाजको प्रस्तुति र नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ हुने भएको छ।

कोशी प्रदेश विराटनगरमा असार १८ र १९ (जुलाई २ र ३)मा हुने फेष्टिभल फेष्टिभलमा बिसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र बृतचित्रले सहभागीता जनाउन सक्ने बताइएको छ। हिमाल, पर्यटन र कलासंस्कृतिसँग नजिक रहेका फिल्म फेष्टिभलको विशेष प्रथामिकतामा पर्ने जनाइएको छ। फेष्टिभलमा सहभागीता हुन चाहने फिल्मले यहि असार ११ गते (जुन २५) भित्र आवेदन दिन सक्नेछन्।

फेष्टिभलमा चलचित्र प्रदर्शन, चलचित्रको संवाद लगायतका बिभिन्न कार्यक्रम समेत आयोजना हुने समाजका अध्यक्ष जनदीप पराजुलीले बताए। यो फेष्टिभलले चलचित्र संस्कृतिको विकास गर्दै चलचित्र निर्माण र प्रदर्शनमा पनि सहयोग गर्ने पराजुलीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu