मौकामा चौका हान्ने प्रेमीले छोडेपछि … | भिडियो



anjaan-music

भनिन्छ नि ‘मौकामा चौका हान्नुपर्छ’, तर यो उखान सबै अवस्थामा लागु नहुन सक्छ । मौकामा चौका हान्ने प्रयासले एक जनाको मात्र होइन् धेरैको जिन्दगी मरणासन्न हुन्छ । युवा-युवती प्रेममा पर्छन् । सँगै जिउने-मर्ने वाचा गर्छन् । केहि समयपछि युवकलाई एक मौका आउँछ, बिहे गरेर विदेश जान पाईने । घरमा कुराकानीपछि बिहे पक्का हुन्छ । हातमा भिसा लिएर युवक फर्किन्छन् ।

वाचा-कसमबाट निश्चिन्त रहेकी प्रेमीकाको मनमा गहिरो चोट लाग्छ । बिहे गरेर विदेश पुगेका युवकले अतितको सम्झनामा ल्यापटपमा प्रेमीकाका तस्विर हेर्छन् सोहि बेला श्रीमतीले देख्छिन् । युवक अतितमा बहलाएको हुन्छ श्रीमतीलाई झन् ठूलो चोट पर्छ । श्रीमानले कसैलाई धोका दिएर विदेशको प्रलोभनमा आफुसँग बिहे गरेको थाहा भएपछि उनको पनि सोच बदलिन्छ । यसरी एउटा स्वार्थले तीन जनाको जिन्दगीमा नराम्रो असर पर्न गएको छ ।

यहि कथालाई निर्देशक मधुसुदन निहुरेले म्यूजिक भिडियोमा उतारेका छन् । कैयनको जीवनमा यस्ता घटना भइरहेका छन् । जसकारण भिडियो जीवन्त बनेको छ । लोकराज अधिकारीका शब्द तथा अञ्जान रेग्मीको संगीतमा जुनु रिजालले गाएको ‘रुनु पर्ला …’ बोलको गीतलाई निहुरेले निर्देशन गरेका हुन् । टेकेन्द्र शाहले सम्पादन गरेको यो भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका छन् ।  ‘डिभोर्स’ एल्बममा समावेश यो गीतलाई सिल्फ फिल्मस्‌ले व्यबस्थापन गरेको छ ।

हेरौँ उक्त म्यूजिक भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu