नेपालको पहिलो चलचित्रका अभिनेत्रीहरू सहकारीले डुबाएको पैसा माग्दै धर्नामा



काठमाडौं। सहकारीमा बचत गरिएको रकम फिर्ता माग्दै नेपालको पहिलो चलचित्र ‘आमा’का अभिनेत्रीहरू वसुन्धरा भुसाल र चैत्यदेवी सिंह धर्नामा बसेका छन्। १४ महिनादेखि माइतीघर मण्डलामा चलिरहेको सहकारी पीडितको तेस्रो चरणको धर्नामा बिहीबार करिब दुई घण्टा उनीहरू धर्ना बसेका हुन्।

उनीहरू यसअघि पनि धर्नामा बस्दै आएका छन्। चलचित्र ‘आमा’का तीन जना अभिनेत्रीहरू सहकारी पीडित हुन्। अर्की अभिनेत्री भुवन चन्द तथा वसुन्धरा र चैत्यदेवीका परिवारका १४ जनाको २ करोड ६० लाख रुपैयाँ सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङले अपचलन गरेको आरोप छ।

सोही सहकारीमा बचत रहेको भुवन–चैत्य–वसुन्धरा फाउन्डेसनको १४ लाख रुपैयाँ समेत फसेको बताइएको छ। त्यस्तै, कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा ४ जनाको करिब ७० लाख रुपैयाँ बचत समेत फिर्ता नपाएको वसुन्धराले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu