खरेलको चलचित्र ‘मृत्युकोष’को छायाङ्कन सम्पन्न



काठमाडौं। माधव राज खरेलको निर्देशनमा बनेको लघु चलचित्र ‘मृत्युकोष’को छायाङ्कन सम्पन्न भएको छ। काठमाडौं, ललितपुर र नुवाकोटका विभिन्न स्थानमा छायाङ्कन गरिएको यस चलचित्रमा एक जना मानिसले आफ्नो जीवनको उत्तरार्धमा आएर भोग्नु परेको समस्याहरूलाई उठान गरिएको निर्देशक खरेलले बताए।

नेपाली परिवेशमा पछिल्लो समय युवाहरूको प्रवास पलायनको प्रमुख मारमा वृद्ध वृद्धाहरू पर्ने गरेका छन्। यसै विषय बस्तु भित्र रहेर एउटा सशक्त सामाजिक सचेतनाको लागि पनि यो चलचित्रको निर्माण भएको खरेलले बताए।

यसमा तेज गिरी, गीता अधिकारी, प्रवण भुसाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दिपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा. राजिव यादव, सौरीका खरेल, राधिका खरेल लगायतको अभिनय रहेको छ।

एरा प्रोडक्सनको प्रस्तुति र कमला जोशी निर्माता रहेको उक्त चलचित्रलाई खरेलले नै लेखेका हुन्। विगत लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका निर्देशक माधव राज खरेलले नेपालको पहिलो मौन चलचित्र ढुङ्गे युग, बिरानो माया, ढुङ्गे युग २, कुइनेटो, दुर्गामाडौं, हेवे करैते भोर, गढीमाई, चिठ्ठी लगायत चलचित्रहरूको निर्देशन गरिसकेका छन्। खरेलकै निर्देशन तथा लेखनमा निर्माण सम्पन्न भइसकेको चलचित्र ‘चिठ्ठी’ प्रदर्शनको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu