![](https://i0.wp.com/www.thuloparda.com/wp-content/uploads/2024/06/allu-arjun-pushpa-2-postponed-132430974-16x9_0.jpg?resize=690%2C388&ssl=1)
बहु प्रतीक्षित भारतीय चलचित्र ‘पुष्पा २’को रिलिज सरेको बताइएको छ। यसअघि जुन १५ अगस्टमा यो चलचित्र भव्य रिलिज हुने भनिएको थियो। अब भने अर्को मितिमा सारिएको बताइएको छ। यद्यपि नयाँ मिति तोकिएको छैन।
यसका निर्देशक सुकुमारले फिल्मको छायाङ्कन र त्यसपछिको पोस्ट प्रोडक्सनको काम पूरा नसकेको बताइएको छ। ‘पुष्पा: द रुल’का निर्माताले रिलिज स्थगनको बारेमा आधिकारिक बयान दिन भने बाँकी छ।
हिजो सामाजिक सञ्जालमा ‘पुष्पा २’ केही महिना पछि सरेको हल्ला चलेको थियो। भारतीय मिडियाका समाचार अनुसार यसको छायाङ्कन गर्न अझै एक महिना बाँकी छ र सुकुमारले जुलाईमा मात्र पूरा गर्ने लक्ष्य राखेका छन्।
यो चलचित्रको रिलिज सर्दा संसारभर अन्य चलचित्रको रिलिजमा असर पुग्ने देखिन्छ। नेपालमा पनि यो चलचित्रको कारण नयाँ चलचित्र रिलिजको लागि अस्तव्यस्त हुने देखिएको छ।