सञ्चारकर्मसँगै म्यूजिक भिडियो निर्देशनमा चिनिदै विधान



Vidhan-Karki

[dropcap][/dropcap]रनिको टेलिभिजनमा मनोरञ्जन बिटमा रहेर काम गर्दै आएका विधान कार्कीले अर्को परिचय थपेका छन् । ‘…….’ बोलको गीतको भिडियो बनाएपछि उनले राम्रै तारिफ पाईरहेका छन् । बहुचर्चित चलचित्र ‘नाई नभन्नु ल २’ की सह-अभिनेत्री बर्षा सिवाकोटीलाई म्यूजिक भिडियो इन्ट्री गराउँदै डेब्यू गरेका कार्की आफ्नो पहिलो कामबाटै पाएको सफलताले थप उत्साह मिलेको बताउँछन् ।

हाल उक्त भिडियो विभिन्न टेलिभिजन तथा यू-ट्युबमा चर्चामा छ । यू-ट्युबमा उल्लेख्य भिजिटर पाएको यो भिडियो टेलिभिजनमा दर्शकको रोजाई समेत बनेको छ । यो भिडियोमा बर्षाको साथमा चर्चित मोडल किरण लाकौल र … को अभिनय रहेको छ । विधानले गीतको भावलाई दृश्यसँग स्वभाविक तवरबाट संयोजन गर्न सफल भएको प्रतिक्रिया आएको छ ।

‘सम्झनालाई जाली रुमाल …’ बोलको यो गीतमा सरिता प्रजापतीको स्वर तथा बिक्रम थापाको संगीत रहेको छ । रचना गोबिन्द प्रसाद उपाध्यायको रहेको छ । यो भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् ।

हेरौँ उक्त म्यूजिक भिडयोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu