निर्देशक सुदर्शन थापा पक्राउ, प्रहरी वृत्त बौद्धमा लगियो



काठमाडौं। चलचित्र निर्माता सुदर्शन थापा पक्राउ परेका छन्। सोमबार दिउसो प्रहरीले पक्राउ गरी उनलाई प्रहरी वृत्त बौद्धमा राखिएको बुझिएको छ।

केही समय पहिले आपराधिक विश्वासघात गरेको आरोपमा ‘प्रसाद २’का निर्देशक थापा विरुद्ध सोही चलचित्रका निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए। सो समयमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद २’को प्रदर्शनबाट डेढ करोड रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu