‘एक्टर’को छायाङ्कनको लागि काठमाडौं आए राजबल्लभ



काठमाडौं। लामो समयदेखि अमेरिकामा बस्दै आएका अभिनेता राजबल्लभ कोइराला नेपाल आएका छन्। उनी छायाङ्कनरत चलचित्र ‘एक्टर’मा अभिनय गर्न आइतबार काठमाडौं झरेका हुन्।

कोइरालाले सोमबार देखी सुरु हुने दोस्रो चरणको १५ दिनको छायाङ्कन तालिकामा अभिनय गर्नेछन्। चलचित्रको कार्यशाला स्थलमा राजबल्लभलाई यस चलचित्रका अन्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझीसहित निर्देशक राजन भुसाल, निर्माता थमन भण्डारी लगायतले स्वागत गरे।

चलचित्रमा लभर ब्वाय को छवि बनाएका राजबल्लभ  करिब नौ वर्ष देखी नेपाली चलचित्रबाट केही दूरीमा थिए। उनी पछिल्लो पटक चलचित्र ‘६ एकान ६’ मा देखिएका थिए। करीब ८ वर्ष अगाडि उनी हलिउड चलचित्र ‘हाइवे टु धम्पुस’ को कामका लागि अमेरिका पुगेका थिए। त्यसको केही समयपछि उनी नेपाल आएर ‘ऋतु’ र ‘६ एकान ६’ चलचित्रमा अभिनय गरेका थिए । उनी सपरिवार अमेरिका बस्दै आएका छन् ।

‘एक्टर’मा दिव्य देव, सुशील सिटौला, लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। अदृत फिल्मसको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रबाट दिव्या रायमाझीले डेब्यू गर्दै छिन्। उनी प्रदीपको जोडीको रूपमा यस चलचित्रमा रहेकी छन्। उनी अभिनेता दिलीप रायमाझीकी छोरी हुन्। दिव्या पनि केही वर्षदेखि अमेरिका बस्दै आएकी थिइन्। उनी पनि यही चलचित्रको लागि नेपाल आएकी हुन्।

रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन रहेको चलचित्रलाई नरेन्द्र मैनालीले छायाङ्कन गरिरहेका छन्। चलचित्र आगामी तिहारमा प्रदर्शनमा आउँदै छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu