एक हप्ता अगाडी सर्‍यो ‘ह्रस्व दीर्घ’, असोज ३ गते रिलिज हुने



काठमाडौँ। आगामी असोज ११ गते रिलिज हुने भनिएको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को रिलिज प्रिपोंड भएको छ। अब यो चलचित्र एक हप्ता अगाडि सर्दै असोज ३ गते संविधान दिवसको दिन रिलिज हुने छ। 

निर्माता निता ढुङ्गानाले विभिन्न पक्षहरूलाई मध्यनजर गर्दै रिलिज अगाडी सारेकी हुन्।असोज ११ गते आउँदा त्यसको अर्को हप्तादेखि दसैँका दुई चलचित्रहरू ‘छक्का पन्जा ४’ र ‘बेहुली फ्रम मेघौली’ले असर गर्न सक्थ्यो र असोज ३ मा आउँदा संविधान दिवस र असोज ९ गते जितिया पर्वको गरी दुई वटा बिदा पाइन्छ। बिदामा चलचित्र रिलिज गर्दा हलमा व्यापारको आँकडा ह्वात्तै बढ्छ। त्यस कारण पनि बिदा खोजिएको अनुमान गर्न सकिन्छ। 

द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गरेको यस चलचित्रमा नेपाली र दक्षिण भारतीय कलाकारहरूको अभिनय रहेको छ। नेपालबाट निता ढुङ्गाना, हरिहर अधिकारी, बिपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रवीन्द्र झा लगायतको अभिनय छ भने साउथबाट ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu