गाउँ आएको बाटोको गीत ‘राई माइला’ सार्वजनिक



काठमाडौँ। यही जेठ २५ गते रिलिज हुने नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को गीत ‘राई माइला’ सार्वजनिक गरिएको छ। गीतमा प्रमुख अभिनेता दयाहाङ राईको माइला पात्रले जीविकोपार्जनका लागि गरेको सङ्घर्ष र उसको पारिवारिक जीवनलाई पेस गरिएको छ। 

गीतमा प्रसिद्ध कवि श्रवण मुकारुङको शब्द रचना रहेको छ भने कालीप्रसाद बाँस्कोटाको सङ्गीत तथा सुनिता थेगिमको स्वर समावेश छ।

पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरमा खिचिएको यो चलचित्रमा दुर्गम गाउँमा सडक र गाडी आएपछिको परिवर्तन र त्यसले पार्ने असरको कथा रहेको छ।

यस चलचित्रमा दयाहाङसहित पशुपति राई, प्रसान राई (बाल कलाकार), खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ। महेश राईको कथा रहेको चलचित्रको पटकथा लेखनमा उनलाई निर्देशक सुब्बाले सघाएका छन् । यो चलचित्र २० भन्दा बढी अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा छनोट भइसकेको छ । 

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu