‘लण्डन टु पेरिस’को तेस्रो गीत रिलिज, अस्कर विजेता कोरियोग्राफरद्वारा नृत्य निर्देशन



काठमाडौं। जेठ २५ गते रिलिज हुने नेपाली चलचित्र ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक भएको छ। शुक्रवार रिलिज गरिएको यो रोमान्टिक गीतमा बियोण्डको सङ्गीत तथा शब्द अनि बियोण्ड र प्रबिसा अधिकारीको स्वर छ।

गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कबिर खड्का, मनिष गान्धी र रुष्मा थापा फिचर्ड छन्। यसको भिडियोलाई अस्कर विजेता कोरियोग्राफर लंगनेस फर्नान्डेजले कोरियोग्राफी गरेका छन्।

घनश्याम लामिछाने निर्देशित यो चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । यसको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलावा कबिर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ। निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गरेका हुन्।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ। अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रूपमा रहेका छन्। सनिश खकुरेल र अजित केआर थापा सह-निर्माता हुन् भने अङ्कित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन्। आरआर फिल्मस्ले नेपालभर वितरण गर्दैछ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu