‘दान्भी’को ट्रेलर सार्वजनिक, एक्सनमा उत्रिइन् पुजा



काठमाडौं। आगामी असार ७ गते रिलिज हुने नेपाली चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबिच एक्सन प्रधान यस चलचित्रको ट्रेलर रिलिज गरिएको हो।

ट्रेलरमा अभिनेत्री पूजा शर्माको एक्सन दृश्यहरू बढी देखाइएको छ। साथमा, नवनायक कुन्साङ बोमजोम र पुजाको प्रेमका दृश्यहरू पनि समावेश छन्। कार्यक्रममा पुजाले आफूले देखावटी एक्सन भन्नेलाई चलचित्र हेर्न आग्रह गरिन्।

“अब म अरूको आलोचना सुन्नु भन्दा कामले नै जितेर देखाउँछु भन्ने अठोटमा छु। हिरोइनले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने दान्भीमा देखाएको छु,” पुजाले भनिन्।

यो चलचित्र नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको छ। देव मगर र अनुप गडाल निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता पवन राना मगर हुन्। कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता हुन्। सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu