प्रवासमा उब्जेका भावनाका फूलहरु बजारमा



bhawanaka-fulharu

[dropcap][/dropcap]ज संसारका धेरै देशहरुमा नेपालीहरुको समुदाय बनिसकेको छ । नेपालमै रहेर कला-सँस्कृतिलाई जगेर्ना गर्न नपाएका कैयन प्रतिभाहरु प्रवासको व्यस्त तालिकाबाट कनिकुथी समय निकालेर नेपालको लागि खर्चिने महान् कार्यमा अभ्यस्त रहँदै आएका छन् । किरण टि लिम्बु पनि प्रवासी जीवनबाट समय निकालेर गीत लेख्ने गर्छन् । उनले हालै ‘भावनामा फूलहरु’ बजारमा ल्याएका छन् ।

किरणले प्रवासबाट नेपाली मायालाई नियालेका छन् । जवानीमा स्वतः प्राप्त हुने मायाका अनगिन्ती मोडलाई शब्दमा उनेर गीत बनाएका छन् । जसमा तारा प्रकाश लिम्बुले एकल संगीत भरेका छन् । ‘मन मुटु कलेजीमा …’, ‘विवशतामा आज मेरो …’, ‘दिल भित्र बास दिदा …’, ‘तिम्रै यादमा टोलाई रहेँ …’, ‘तारा जस्तै टुटी झर्योस …’ र ‘साह्रै नमिठो तिमी बिनाको पल …’ बोलका गीतहरु ‘भावनाका फूलहरु’मा समावेश छन् । गीतहरुमा राजेश पायल राई, दिपक लिम्बु, मिलन अमात्य, रजिना रिमाल, तारा प्रकाश लिम्बु र उत्तम जंग लिम्बु स्वर रहेको छ ।

यस एल्बमको ‘मन मुटु कलेजीमा …’ बोलको गीतको म्यूजिक भिडियो समेत तयार भईसकेको छ, जसलाई दिपेन्द्र के.सी.ले निर्देशन गरेका छन् ।

ओपेरा ट्युन्स म्यूजिक प्रा.लि.ले ‘भावनाका फूलहरु’लाई बजारमा ल्याएको हो । यसअघि यो कम्पनीले ‘साँझ सँगै’, ‘साथ’, ‘कोपिला’, ‘साथी २०१२’, ‘सोचाई’ जस्ता एल्बमहरु बजारमा ल्याईसकेको छ भने आगामी दिनमा ‘Intake 1993’, ‘नयन’ साथै लिम्बु भाषाको एल्बम ‘लुंगा’ बजारमा ल्याउने तयारीमा रहेको कम्पनी निर्देशक सत्यराज चौलागाईँले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu