काठमाडौं। राजन भुसालको निर्देशनमा बनिरहेको नेपाली चलचित्र ‘एक्टर’को पोखराको छायाङ्कन सकिएको छ। अब दोस्रो चरण अन्तर्गत काठमाडौंमा छायाङ्कन हुने निर्माता थमन कुमार भण्डारीले बताए।
काठमाडौं फर्केसँगै अभिनेता प्रदीप खड्का बिहीबार रिलिज हुने चलचित्र ‘पुजार सार्की’को प्रचारमा व्यस्त छन्। केही दिनमा सुरु हुने छायाङ्कनमा अमेरिकाबाट अभिनेता राजवल्लभ कोइराला काठमाडौं आउनेछन्। यस चलचित्रमा प्रदीप खड्का, दिव्या रायमाझी र आना शर्माको मुख्य भूमिका रहनेछ। यसमा दिव्य देव, सुशील सिटौला, लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।
अदृत फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रबाट दिव्याले डेब्यू गर्दैछिन्। उनी प्रदीपको जोडीको रूपमा यस चलचित्रमा रहेकी छन्। रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन रहेको चलचित्रलाई नरेन्द्र मैनालीले छायाङ्कन गरिरहेका छन्।