काठमाडौं। जेठ १० गते रिलिज हुने भनिएको पुजा शर्मा अभिनीत नेपाली चलचित्र ‘दान्भी’ले रिलिज मिति हेरफेर गरेको छ। अब यो चलचित्र आगामी असारको ७ गते रिलिज हुनेछ।
सोमवार अभिनेत्री पुजाको जन्मदिनको अवसर पार्दै नयाँ रिलिज मिति घोषणा गरिएको हो। वितरक करण श्रेष्ठ र निर्माताहरूको छलफलपछि यो मिति तय गरिएको यसका निर्देशक रुपेश तामाङले बताए। जेठ १० मा बहुप्रतीक्षित चलचित्र ‘पुजार सार्की’ रिलिज हुँदैछ भने अर्को चलचित्र ‘फर्की फर्की’ पनि सोही मितिमा रिलिज हुँदैछ।
एक्सन प्रधान यस चलचित्रमा पुजाको साथमा कुन्साङ बोमजोनको मुख्य भूमिका छ।